एकैदिन उल्लेख्य बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

-



     सफल आवाज    
     फागुन २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार ७ सय तथा चाँदी रुपैयाँ २५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजार ७ सयले बढेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख १ हजार ८ सयमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजार ७ सयले बढेर तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको रुपैयाँ १ लाख १ हजार ३ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले बढेर तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।