यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

-



     सफल आवाज    
     फागुन २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले सोमबार आजका लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ ।

भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली म्द्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै हुन्छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ०४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ५६७ पैसा र बिक्रीदर १५८ रुपैयाँ २८ पैसा रहेको छ । स्पीस फ्रयांक १ को खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा रहेको छ । nक्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९५ रुपैयाँ १४ पैसा रहेको छ ।