कृषि विकास बैंक र स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ फागुन । कृषि विकास बैंक र स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनबका लागि दुबैले मंगलबार फागुन ३० गते बुकक्लोज गर्ने जनाएका छन्।

सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयरकाे कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले दुबै कम्पनीहरुको साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका याेग्य मानिनेछन्।

कृषि विकास बैंक

कृषि विकास बैंकले यही चैत १४ गते बोडे, भक्तपुरमा रहेकाे केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठानमा पूर्वान्ह ११ बजे १६ औँ वार्षिक साधारण सभा डाकेकाे छ।

बैंककाे सभाबाट १३ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । यसमा २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश रहेकाे छ।

यस्तै अग्राधिकार सेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई, लेखापरीक्षक नियुक्त गर्ने तथा सर्वसाधारण सेयरधनीहरुबाट ३ जना सञ्चालक चयन गर्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था

स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे १४औं साधारण सभा चैत ११ गते बाेलाइएकाे छ । सभा बिहान साडे ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बाेलाइएकाे हाे ।

संस्थाकाे सभाले गत आर्थिक वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश पारित गर्ने सूची रहेकाे छ ।