निरन्तर बढ्दै सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     फागुन ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ ४५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ४५ ले बढेर तोलाको रुपैयाँ १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।