सुन र चाँदी दुवैको भाउ स्थिर, यस्तो छ मूल्य

-



     सफल आवाज    
     चैत्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै फेरबदल भएको छैन । छापावाल सुन, तेजाबी सुन र चाँदी आज पनि मंगलबारकै भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन पनि तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।