नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब २० करोडकाे कारोबार

-



     सफल आवाज    
     चैत्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ चैत । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । अघिल्लो दिनमा सुधारको संकेत देखिएको भएपनि त्यसको भोलिपल्टै आज करेक्सन देखिएको हाे ।

सेयर बजारमा यसै हुन्छ भनेर आकलन गर्ने संभावना पनि न्यून छ । लगानीकर्ताहरु सेयर बजारबाट पलयान वा पर्खर हेरको बाहेक अर्को के गर्ने भनेर अन्योलमा छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.७४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.०३ अंकले घटेर ३६५.२९ विन्दुमा रहेको छ ।

कुल २५३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३७ लाख १६ हजार ६४८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँ ६५ पैसा बराबरको कारोबार भएको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये एक मात्र व्यापार उपसमूहमा मात्रै हरियो लागेको छ । यो समूहको सेयर बढेको छ । बाँकी १२ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको कारोबार भएको छ । बैंकको १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.९० प्रतिशतले घटेको छ ।