१५ अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँको रिपो जारी गर्न लागेकाे छ । बैंकले १४ दिनमा परिपक्व हुने गरी रिपो जारी गर्न लागेको जनाएकाे छ।

रिपोमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोलका लागि समय ताेकिएकाे बैंकले जनाएको छ । जारि हुने रिपो चैतकाे १६ गते परिपक्व हुने भएकाे छ ।

बैंकिङ प्रणालीमा लगानीका लागि योग्य रकमकाे अभाव देखिएपछि राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्नका लागि रिपो जारी गर्ने गरेकाे छ ।

रिपाेकाे बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागि हुन सक्नेछन् । उनीहहरुले दिउँसाे ३ बजेसम्म बोलकबोलमा सहभागीता जानाउनु पर्नेछ ।