यी तीन कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । आज नेपाल स्टक एक्सेचेन्जमा तीन कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ । हिमालयन एभरेष्ट इन्स्याेरेन्स, प्रुडेन्सियल इन्स्याेरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य नेप्सेमा समायोजन भएको हाे ।

हिमालयन एभरेष्ट इन्स्याेरेन्स

हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे २.७५ प्रतिशत बोनस सेयर समायोजन भएकाे छ । समायाेजन पछि सेयरमूल्य ४०८ रुपैयाँ ७६ पैसा कायम भएकाे छ । बिहीबार अन्तिम कारोबार ४२० रुपैयाँमा भएकार्ला थियाे । यसैलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।

प्रुडेन्सियल इन्स्याेरेन्स

प्रुडेन्सियल इन्स्याेरेन्सको ३.३२५ प्रतिशत बोनस सेयर समायोजन भएको छ । यसकाे सेयरमूल्य ४०० रुपैयाँ ६८ पैसा कायम गरिएकाे छ । बिहीबार अन्तिम कारोबार भएकाे मूल्य ४१४ रुपैयाँलाई आधार मानेर नयाँ सेयरमूल्य ताेकिएकाे हो । 

स्वाभिमान लघुवित्त वित्तीय संस्था

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएकाे छ । समायोजन गरिएपछिकाे नयाँ मूल्य १ हजार ५० रुपैयाँ कायम भएको छ । बिहीबार अन्तिम कारोबार भएकाे मूल्य १ हजार २६० रहेकाे थियाे । यसैलाई आधार मानेर नयाँ मूल्य समायोजन भएकाे हो ।

तीन वटै कम्पनीहरुले आज बुक क्लोज गरेका हुन्। उनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेका हुन् । सबैकाे आइतबार समायोजन भएकाे नयाँ मूल्यमा सेयरकाे खिरदिबक्री शुरु हुने भएकाे छ।