खाद्य उद्योगको साधारणसभा २४ चैतमा

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । खाद्य उद्योग लिमिटेडको ५०औँ वार्षिक साधारणसभा २४ चैतमा हुने भएको छ । २ चैतमा उद्योगका संचालक समितिहरुको वैठकले साधारणसभाको मिति तय गरेको हो ।

साधारणसभा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको केन्द्रिय कार्यालयको सभा हल कालिमाटि, काठमाडौंमा दिउसो १२ः३० देखि बस्ने उद्योगले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गर्ने भएको छ ।

त्यसकासाथै, आर्थिक वर्ष २०७८/०८९ को लेखापरिक्षको प्रतिवेदन सहित सोही आर्थिक वर्षको नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरण, वार्षिक वित्तिय विवरणहरुमा छलफल हुने उद्योगले जनाएको छ ।

आ.व. ०७९/०८० को हिसाव लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र उसको पारिश्रमिक तोक्नेलगायतको विषयमा छलफल गर्ने शेयरधनीहरुलाई साधारणसभामा निमन्त्रण गरिएको उद्योगले जनाएको छ ।