कृषि विकास बैंकको सञ्चालक समितिको चुनाव १४ चैतमा हुने

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । कृषि विकास बैंकक लिमिटेडको सञ्चालक समितिको निर्वाचन १४ चैतमा हुने भएको छ । बैंकको साधारण शेयरधनिहरुलाई प्रतिनिधित्व गर्ने समुह ‘ख’ अन्तरगतको निर्वाचनको लागि साधरण शेयर सदस्यलाई बैंकले सार्वजनिक सुचना प्रकाशित गर्दौ निर्वाचनको जानकारी दिएको हो ।

३ जना सञ्चालकको लागि ८ चैत, साझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने बैंकले जनाएको छ । मतदाता नामावली विरुद्ध दावी विरोधका लागि ९ चैत ११ बजेदेखि २ बजे सम्मको समय दिएको छ । दावीविरोधमा जाँचबुझ सोही दिन ३ बजेदेखि ४ बजे सम्म हुने बैंककले जनाएको छ । मतदाताको अन्तिम नामावली सोही दिन ४ बजेर ३० मिनेटमा प्रकाशन गर्ने बैंकको भनाई छ ।

सञ्चालकको लागि १ हजार शुल्क सहित मनोनयन १० चैतमा दिउँसो २ बजेदेखि ४ बजेसम्म गर्ने पाउने छन् । उम्मेदवारको प्रथम नामावली आइतबार १२ चैत बेलुका ४ बजेर ३० मिनेटमा प्रकाशन हुने छ । उम्मेदवारको दावी विरोध १३ चैतको ११ बजेदेखि १२ः३० सम्म गर्ने सक्ने छन् ।

दावी उपर जाँचबुझ, उम्मेदवारको दोस्रो नामावली, उम्मेदवारी फिर्ता लिने समय र उम्मेदवारको अन्तिम नामावली प्रकाशन १३ चैतमै सम्पन्न हुने बैंकले जनाएको छ ।

निर्वाचन बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा हुने बैंकले जानकारी दिएको छ । निर्वाचन बाहेका सम्पुर्ण काम बैंकको केन्द्रिय कार्यालय रामशाहपथ, काठमाडौंबाट हुने बैंकको भनाई छ ।