सेयर बजारको घट्दो क्रम यथावत्, १ अर्ब माथिको कारोबार

-



     सफल आवाज    
     चैत्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ चैत । ओरालो लागेको सेयर बजारको यात्रा रोकिएको छैन । बजारको गिर्दो अवश्था र त्यसको सुधारको माग गर्दै आएका लगानीकर्ताहरु अझैं पनि ढुक्क हुन सकेका छैनन् ।

लगानीकर्ताहरु अझैं पनि आन्दोलनको मनस्थितिमा रहेका छन् । केहि दिन अघि नेप्सेको कार्यालय घेराउसम्म गर्न पुगेका उनीहरु पक्राउ परेका थिए ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा झरेको छ । नेप्सेमा ०.३६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेर ३६३.२६ विन्दुमा रहेको छ ।

कुल १३ उपसमूहरुमध्ये ५ वटामा मात्र हरियो लागेको । उनीहरुको सेयर बढेको छ । बाँकी ८ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

यसदिन २५९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३१ लाख ६३ हजार ३९८ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६९ करोड ८ लाख ४ हजार ८२५ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड १० लाख ९८ हजार ६३३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा सानिमा ग्रोथ फण्ड रहेको छ । फण्डको सेयरमूल्य ८.५६ प्रतिशतले घटेको छ ।