
काठमाडौं, ६ चैत । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ । हिजो उल्लेख्य बढेको सुनको भाउ आज केही घटेको हो । आज छापावाल सुनमा ७ सय रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँको कीर्तिमानी भाउमा कारोबार भएको थियो ।
आज तेजाबी सुनमा पनि ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




