सोमबारको प्रि-ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

-



     सफल आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ चैत । साताको दोस्रो कारोबार हुने दिन आज सोमबारको प्रि-ओपन सेसनमा पनि नेप्से परिसूचक झिनो अंकले घटेको पाइएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो आइतबार यो परिसूचक ६.९० अंक घटेर १९२६.४० विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा नेप्से परिसूचक ०.१३ अंक घटेर १९२६.२७ विन्दुमा झरेको छ । यही सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक बढेको पाइएको छ ।

आज सोमबारको प्रि-ओपन सेसनमा ६ वटा स्टकको ५७ हजार ५२५ रुपैयाँ बराबरको २४० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने ३ वटा स्टकको मूल्य घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।