चौतर्फी विरोधपछि रासायनिक मलको अनुदान यथावत

-



     सफल आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ चैत । चौतर्फी विरोधपछि कटौति गरिएको रासायनिक मलको अनुदान सरकारले फिर्ता लिएको छ । आज बसेका मन्त्रिपरिषदको वैठकले मलमा दिँदै आएको अनुदान कटौती नगर्ने निर्णय गरेको हो ।

मलमा दिँदै आएको अनुदानबारे आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।