सेयर बजारमा छायो हरियाली, १ अर्ब २९ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ चैत । केहि दिनको अन्तराल पछि नेप्सेमा हरियाली छाएको छ । राजनीतिक घटनाक्रमलाई नियाली रहेका लगानीकर्ताहरु स्थिर सरकार बन्ने र बजारले सकारात्मक लय लिने अपेक्षामा रहेका छन् ।

नयाँ सरकार बनेपछि ४ अर्ब माथिको कारोबार हुन थालेको र सेयर बजारमा उछाल आएको अवश्थामा बीचमै सरकारमा आएको रिक्तता राष्ट्रपति तथा उपराष्ट्रको निर्वाचनको कारण ओरालो लागेको थियो ।

संयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन र उपराष्ट्रपतिले सपथ लिएको दिनमै सेयर बजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.९७ अंकले बढेर ३६६.२३ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । कुल २५८ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ५२ लाख ५५ हजार ८६ कित्ता सेयरको कारोबारबाट १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रुपैयाँ २९पैसा बराबरको कारोबार भएको छ ।

आज आइएमई इन्स्योरेन्स लिमिटेडको धेरै कारोबार भएको छ । कम्पनीको ७ करोड ६३ लाख ९२ हजार ४४२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गुमाएको छ । संस्थाको सेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ ।