भूगोल इनर्जिकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ चैत । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।आयोजना प्रभावित क्षेत्रका जनताका लागि फागुन ८ गतेदेखि सेयर बिक्रीमा ल्याएकाे थियाे ।

कम्पनीका अनुसार ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरिएकाे हो।

यसमा अति प्रभावित क्षेत्र मानिएकाे दैलेखकाे नौमुले द्वारी ३ मा स्थायी बसोबास गर्ने जनताका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर रहेकाे छ ।

यस्तै आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाका अन्य नौमुले द्वारी ३ बाहेकका जनताका लाग २ लाख ७२ हजार २७ कित्ता सेयर रहेकाे छ।