आज बैंक तथा वित्तीय संस्था खाेल्न राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     चैत्र ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ चैत। घोडेजात्राको अवसरमा बैंकिङ सेवा सञ्चालनमा राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

जात्राको अवसरमा नेपाल सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । उपत्यकाबाहिर हुने कारोबार समेतलाई हेरी बैंक तथा वित्तीय संस्थाहरुलाई खुल्ला राख्न केन्द्रीय बैकले यस्ताे निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सूचना जारी गर्दै भनेको छ, ‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी)लगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ ।’