२ हजारले घट्याे सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     चैत्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ चैत। साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ हजार तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ हजारले घटेर तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजारे घटेर तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ५ ले घटेरर तोलाको रुपैयाँ १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।