१९३३.२९ विन्दुमा झर्यो नेप्से, १ अर्ब ३३ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ चैत । लगातार दुई दिन उकालो लागेको सेयर बजारमा आज भने फेरि ओरालोको यात्रामा गएको छ । यसले लगानीकर्ताको मनोवल घटाएको छ ।

यो दिन सातामा सेयर कारोबार हुने चौथो दिन हो । सबै सूचकहरु राताम्यै भएका छन् भने कारोबार रकम उल्लेखनिय बृद्धि हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.८१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेर ३६३.९० विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कुल २६६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड १९ लाख ९८ हजार २४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बोटलर्स नेपाल तराई लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.६२ प्रतिशतले घटेको छ ।