राेकिएन नेप्सेकाे ओरालोको यात्रा, कारोबारमा एनआईसी एशिया बैंक अब्बल

-



     सफल आवाज    
     चैत्र ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ चैत । साताको सेयर कारोबार हुने पाँचौ दिन बुधबार पनि नेपाली सेयर बजारको ओरालोको यात्राले निरन्तरता पाएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् ।

सेयर बजारको निरन्तरको गिरावटले लगानीकर्ताहरुको मनोवल घटाएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि बृद्धि भएको छ ।

अघिल्लो दिन बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा झरेको थियो । सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेर ३६३.९० विन्दुमा रहेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा झरेको छ । नेप्सेमा ०.९४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९० अंकले घटेर ३६१.०१ विन्दुमा रहेको छ ।

यसदिन पनि १३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कुल २५९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४३ लाख ४० हजार २७० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयेरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.४६ प्रतिशतले घटेको छ ।