
काठमाडौं, १० चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । संस्थाकाे साधारण सभा तथा लाभांश वितरणकाे लागि बुकक्लोज भएसँगै १५ प्रतिशत बोनस सेयर नेप्सेले समायोजन गरेर नयाँ कायम गरेकाे हाे ।
सेयरमूल्य समायोजन गरिएपछि संस्थाकाे सेयरमूल्य ९४७ रुपैयाँ ८३ पैसा भएको छ। यसकाे अघिल्लो कारोबार प्रतिकित्ता १ हजार ९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यसैकाे आधारमा सेयरमूल्य समायोजन गरिएकाे हो।
यसैबीच जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे १२औँ साधारण सभा चैतकाे २६ गते होटल न्यू इरा, बुटवल महानगरपालिका वडा नं. ९, कालिकापथमा डाकिएकाे छ। सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।
सभामा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांशसहित १५०.७८९५ लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।
यस्तै उपयुक्त लागेका अन्य लघुवित्तसँग मर्जरका लागि सबै काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिने भएकाे छ । साथै संस्थाकाे प्रबन्धपत्र तथा नियमावली संशोधन, कार्यक्षेत्र विस्तार गर्ने, लेखापरीक्षक नियुक्तलगायतका प्रस्तावहरुमा छलोल गरी पारित गरिनेछ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




