सुनको भाउ ८ सयले बढ्याे, चाँदीको स्थिर

-



     सफल आवाज    
     चैत्र १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउमा बृद्धि भएको छ ।
चाँदीको भाउ भने स्थिर रहेको छ । सुन तोलामा रुपैयाँ ८ सयले बढेको छ भने चाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको रुपैयाँ १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउमा फेरबदल भएको छैन । चाँदी बिहिबारकै भाउ तोलाको १ हजार ३ सय ६० रुपैयाँमा नै कारोबार भईरहेको छ ।