
काठमाडौं, १० चैत । अमेरिकी सहयोग नियोगअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) नेपालले विद्युत सबस्टेसन बनाउन टेन्डर खोलेको छ । विद्युत प्रवाह गर्ने ४०० केभी क्षमताका ५ ठूला सबस्टेसन बनाउन अन्तर्राष्ट्रिय बोलपपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको छ ।
एमसिसि नेपालको पहिलो लटमा नुवाकोट रातोमाटे, काठमाडौं लप्सिफेदी र न्यु हेटौंडा सबस्टेसन, दोस्रामा बुटबल सबस्टेसन र तेस्रो लटमा दमौली सबस्टेसन निर्माण हुनेछ ।
बोलपत्र पेस गर्ने सन् २०२३ जुन ३० तारिख (२०८० असार ३० गते शुक्रबार) तोकिएको छ । प्रतिस्पर्धाबाट छनौट हुने निर्माण व्यवसायीले सबस्टेसनको डिजाइन, आपूर्ति, जडान, परीक्षण सञ्चालन गर्नुपर्ने छ ।
५ ठूला सबस्टेसन बनाउन ११ करोड ४० लाख डलर लाग्ने अनुमान एमसिएकाे छ ।
३ खण्डमा निर्माण हुने प्रसारण लाइनको जिम्मेवारी पनि ३ वटै कम्पनीलाई दिने योजनामा एमसिए नेपाल छ । एउटै कम्पनीलाई जिम्मेवारी दिँदा काम गर्न नसकेको वा सुस्त भयो भने समग्र प्रसारणलाइन निर्माणमा असर पर्ने भएकाले छुट्टाछुट्टै कम्पनीलाई जिम्मेवारी दिन लागिएको हो ।
प्रसारण लाइनका लागि २२ करोड ८२ लाख ४७ हजार डलर (२५ अर्ब रुपैयाँ) बढी खर्च हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




