घट्यो सुनको भाउ, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     चैत्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएकाे छ। छापावाल सुनमा रुपैयाँ ६ सयले गिरावट भएको छ भने चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा ६ सयले घटेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।