
काठमाडौं, १२ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर राताम्मै भएको । सेयर बजारको घट्दो क्रमले लगानीकर्तालाई पर्ख र हेराको अवश्थामा पुर्याएको छ ।
नेपल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.८७ अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक १८८८.२७ विन्दुमा झरेकोछ । नेप्सेमा १.४० प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ५.१ अंकले घटेर ३५६.०० विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कुल २५९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ ३ पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ६२ लाख ८८ हजार ३४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




