सस्तियो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     चैत्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ चैत । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचादीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको रुपैयाँ १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।