बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी

-



     सफल आवाज    
     चैत्र १३ गते २०७९ मा प्रकाशित



बाँके, १३ चैत । बाँकेको जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, २ मुद्दा मिलापत्र भएको, २ मुद्दा प्रहरीमा पठाएको, १ जना व्यक्ति सम्पर्कमा नआएको र २ मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताए । ‘पूर्वतिर जस्तो समस्या देखिएको छैन’, उनले भने ।

आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने सम्पर्कमा नआएकाले व्यक्तिको खोजी भइरहेको जानकारी दिए । मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह गरेपछि यस विषयमा छानविन सुरु गरिएको बताइएकाे छ।