हामी प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउँछौँ : मिटर ब्याज पीडित

-



     सफल आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ चैत । मिटर ब्याज पीडितले प्रधानमन्त्रीलाई भेटेर आफ्नो पीडा सुनाउने बताएका छन् । मंगलबार काठमाडौंको टंगालमा धर्नामा बसेका पीडितलाई भेट्न पुगेका गृह सचिव विनोद प्रकाश सिंहलाई यस्तो बताएका हुन् ।

सचिवले मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका थिए । पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको उनले बताएका थिए ।

‘उहाँले कानुनी पहल भइरहेको भन्दै धर्ना छोड्न भन्नुभयो,’ संघर्ष समितिका संयोजक मनोज पासवानले भने, ‘हाम्रो पीडा प्रधानमन्त्रीलाई सुनाउने वातावरण बनाउन माग ग¥यौं, प्रधानमन्त्रीसँग कुरा गराउने भनेर उहाँ जानु भएको छ ।’

संघर्ष समितिको समन्वय गरिरहेका सन्तोष दाहालका अनुसार अब धर्नाको कार्यक्रम भद्रकालीमा र त्यसपछि नयाँ बानेश्वरमा संसद भवन अगाडि हुने छ ।