
काठमाडौं, १५ चैत । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि २ करोड ८० लाख रुपैयाँ बराबरको सेयर आईपीओ बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीका अनुसनर आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गर्न लागिएकाे हो।
कम्पनीले जारी पूँजी २८ करोडको १० प्रतिशतले हुने २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्रीमा ल्याउन लागेकाे हो।
सेयरमा खोटाङ्गका केपीलासगडी गा.पा. का साविकका फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स. का जनताले आवेदन पेश गर्दिन पाउनेछन्। यस्तै ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता सेयर वैदेशिक राेजगारमा गएकाहरुका लागि रहेकाे छ।
सेयर लगानीकर्ताले घटीमा १० कित्ता तथा बढिमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । उता विदेशमा रोजगारी गरिरहेका नेपालीहरुले बढीमा २ हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।
आयोजन प्रभावित क्षेत्रका जनताले वैशाख ७ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिमा पूरा आवेदन नपरेकाे खण्डमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै विदेशमा रोजगार गरिरहेकाहरुले वैशाख ७ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ ।
सेयर भर्न स्थानिय जनताले आयोजना स्थल, सेञ्चुरी कमर्सियल बैंक र यसका तोकिएका शाखाहरु र प्रभु क्यापिटलबाट आवेदन दिन पाउनेछन्। विदेशमा हुनेले सेबाेनबाट स्वीकृति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




