
काठमाडौं, १५ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य समायाेजन भएकाे छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरेर नयाँ सेयरमूल्य ताेकेकाे हो।
लघुवित्तकाे १९ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हाे । सेयरमूल्य समायोजनपछि सेयरमूल्य ६२६ रुपैयाँ ८९ पैसा ताेकिएकाे छ। नेप्सेले अघिल्लो कारोबारलाइ आधार मानेर सेयरमूल्य समायोजन गरेको हो। मंगलबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७४६ रुपैयाँ रहेकाे थियो।
लघुवित्तले चैत २८ गते होटल जुगर, मिरावल चोक, धुलिखेल काभ्रेमा चौधौँ साधारण सभा डाकेकाे छ। सभा दिउसाे १ बजे बाेलाइएकाे छ। सभाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गिरनेछ।
सभाबाट विजय लघुवित्तसँग एक बराबर एककाे रेसियाेमा मर्जरमा जाने कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित हुनेछ । मर्जरपछि दुबैकाे काराेबार विजय लघुवित्तको नामबाट गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




