मोदी ईनर्जीकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     चैत्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ चैत । मोदी ईनर्जीकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि सेयर जारि गरेकाे थियाे। सेयरमा घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीका अनुसार जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशतले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर पर्वतकाे कुश्मा नगरपालिका ३, साविककाे बाजुङ्ग गा.वि.स. हालकाे मोदी गाउँपालिका ५, मोदी नगरपालिका २, मोदी गाउँपालिका ६ र कुश्मा नगरपालिका ८ का जनताका लागि जारि गरेको हो।

कम्पनीले २० मेगावाटको तल्लो मोदी खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेकाे छ। यसकाे लागत ६ अर्ब २० करोड रुपैयाँ रहेको छ। जसकाे विद्युत उत्पादन अनुमति २३ वर्ष बाँकी नैरहेकाे छ। जसकाे व्यावसायीक उत्पादन २०७८ साल असोज १४ गतेदेखि शुरु भएकाे थियाे ।

सेयरमा लगानीका लागि सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखाहरु, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।