राष्ट्र बैंकद्वारा आज निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

-



     सफल आवाज    
     चैत्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा बिक्रीदर १३२.५ पैसा रहेको छ ।

यूरो १ को खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४० पैसा रहेको छ ।

आजको मूल्यसूची यहाँ छ