मकर जितुमाया सुरी हाइड्रोकाे आईपीओ खुल्याे, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     चैत्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावरकाे सेयर आईपीओमा आजदेखि आवेदन दिन सकिने भएकाे छ । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ४९ हजार ४०० कित्ता सेयर जारि गरेकाे हाे । यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर जारि भइसकेकाे छ ।

कम्पनीका अनुसार १४ लाख ४९ हजार ४०० कित्तामध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । ३२ हजार २८ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

सेयरमा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ। यसका लागि चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा वैशाख ३ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले ६.४ मेगावाटको सुरी खोला जलविद्युतकाे प्रबर्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ३४ करोड ६४ लाख १९ हजार रुपैयाँ रहेको छ । यस्तै ७ मेगावाट क्षेमताकाे माथिल्लो सुरी खोला जलविद्युत आयोजना रहेकाे छ । यसकाे लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

सेयरमा लगानी गर्न चाहने सेयर लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सेवामा जाेडिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।