
काठमाडौं, १९ चैत । नयाँ अर्थमन्त्री नियुक्त भईसकेपछि पनि सेयर बजारको पहिलो काराेबारले रातो झण्डा देखाएको छ अर्थमन्त्री नियुक्त भएको केहि बेरमै विद्यमान अर्थक्षेत्रका समस्या समाधान गर्न जरुरी रहेको बताए पनि बजार विश्वस्त हुन भने सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.०० अंकले घटेर १८८८.५५ विन्दुमा झरेको छ । नेप्सेमा १.०५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७२ अंकले घटेर ३५५.७५ विन्दुमा रहेको छ ।
यसदिन कुल २६० कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ३७ करोड ८७ लाख २४१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।
१३ वटा उपसमूहहरु राताम्मै भएका छन् । सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको ५ करोड ५ लाख ६२ हजार ४८५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ९.६१ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




