
काठमाडौं, २० चैत । ईङवा हाइड्रोपावरकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि फागुन २१ गतेदेखि सेयर निष्काशन गरेको थियाे।
कम्पनीका अनुसार जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर निष्काशन गरिएकाे हो।
सेयरमा ताप्लेजुङ्गकाे सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथरकाे याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का जनताले बासिन्दाहरुले आवेदन दिन पाउनेछन्। यसका लागि लगानीकर्ताले घटीमा १० कित्ता तथा आढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
आयोजना प्रभावित क्षेत्रका जनताले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
कम्पनीले ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ। यसकाे कुल लागत १ अर्ब ९५ करोड रहेको छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




