अर्थमन्त्रीले बोलाए राजस्व चुहावट नियन्त्रण समितिको बैठक

-



     सफल आवाज    
     चैत्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० चैत । अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन् । उनले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

गृहमन्त्री समेत सदस्य रहने समितिको बैठक आज (सोमबार) दिँउसो २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बस्दैछ ।

मन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी क्षेष्ठलाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।

मन्त्री महतले पदबाहालीको क्रममा सीमा क्षेत्रमा अवैध व्यापार बढेको बताएका थिए । पदावाहलीकै क्रममा मन्त्री महतले सीमा क्षेत्रमा देखिएका गलत गतिविधि हुने छिद्र टालेर राजस्व वृद्धि गर्नु पर्नै धारणा राखेका थिए ।