डलरसहित विदेशी मुद्राको भाउ बढ्याे, कुनको कति ? (मूल्यसूची)

-



     सफल आवाज    
     चैत्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ ।

आजको मूल्यसूची यहाँ छ