
काठमाडौं, २१ चैत । ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गरिएकाे छ । एनएमबि बैंकले आजदेखि रुपैयाँ ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेकाे हाे ।
बैंकले १० वर्ष अवधिको लागि वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेकाे उक्त ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ निष्काशन गरेकाे जनाएकाे हो।
बैंकका अनुसार २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री हुनेछ । १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ। यसबाट ८० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ ।
‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ मा लगानीकर्ताले घटीमा २५ कित्ता तथा बढीमा १६ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरु तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइने छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




