बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     चैत्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ चैत । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा आज रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ १० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ८ हजार ५ सयमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको रुपैयाँ १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको रुपैयाँ १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।