
काठमाडौं, २१ चैत । नेप्सेको ओरालो लागेको यात्राले निरन्तरता लिईरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ ।
सेयर लगानीकर्ताले सबैथरि निर्बाचन र सरकारको पूर्णतापछि सुधारको अपेक्षा गरेका भएपनि बजार लयमा फर्किन नसकेपछि मनोबल उच्च बनाउन सकेका छैनन् । अझैंपनि उनीहरु पर्ख र हेरको स्थितिमा रहेका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.४५ अंकले घटेर १८६५.४२ विन्दुमा रहेको छ । नेप्सेमा ०.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेर ३५२.०० विन्दुमा रहेको छ ।
कुल १३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको । बाँकी ६ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
यसदिन २६४ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको २९ लाख ५० हजार ६७० कित्ता सेयरको खरिदबिक्रीबाट ९१ करोड १३ लाख ३९ हजार ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको ३ करोड ३६ लाख ५४ हजार २४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ९.२९ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




