डलरको भाउ स्थिर, अन्यको बढ्यो (मूल्यसूचीसहित)

-



     सफल आवाज    
     चैत्र २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४४ रुपैयाँ ९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५८ पैसा रहेको छ ।

आजको मूल्यसूची यहाँ छ