
काठमाडौं, २२ चैत । ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ चैत २९ गतेदेखि निष्काशन गर्न लागिएकाे छ । महालक्ष्मी विकास बैंकले रु १ अर्ब रुपैयाँ बराबरको १० वर्षे अवधिको लागि वार्षिक ११ प्रतिशत ब्याजदरकाे ऋणपत्र निष्काशन गर्न लागेको हो।
बैंकले साे प्रतिऋणपत्रकाे ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएकाे छ। ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता भने सर्वसाधारणका लागि रहेकाे छ । २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा चाहेअनुसार माग गर्न सक्नेछन्। यसका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइनेछ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




