८.३९ अंकले बढ्यो नेप्से परिसूचक, साडे ८१ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री डा.प्रकाशसरण महतले पदको बहाली भएको दिनदेखि नै अर्थतन्त्र सुधारको पक्षमा रहेको बताउँदै आएपनि विश्वस्त हुन नसकेको सेयर बजार बुधबार लयमा फर्किएको छ ।

सेयर बजारको गिर्दो अवश्था र ओरालो लागेको अर्थतन्त्रलाई उकास्नको लागि दिनहुँ सकारात्मक कुराहरु गरिरहेका अर्थमन्त्री डा.महतसंग नीजि क्षेत्र तथा लगानीकर्ताका अगुवाहरुसंग छलफल गरेको भोलिपल्ट बुधबार सेयर बजार उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.९७ अंकले बढेर ३५३.९५ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये तीनवटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । बाँकी १० वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

यसदिन २६२ वटा कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २६ लाख २ हजार ९५६ कित्ता सेयरको खरिदबिक्रीबाट ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ४३ लाख ३७ हजार ८६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड १ को सेयरमूल्य ७.१४ प्रतिशतले घटेको हो ।