
काठमाडौं, २३ चैत । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा रहेकाहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ ।
कम्पनीले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेकाे हो। यसबाट १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि रहेकाे छ । ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। इच्छुक सर्वसाधारणले १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले घटीमा १० तथा बढीमा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि चैत २७ गतेसम्म आवेदन दिन सकिने छ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकार्भ खण्डमा वैशाख ७ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे कुल लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ । विद्युत उत्पादनकाे अनुमति अब २५ वर्ष बाँकी छ।
सेयर भर्न सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट सकिनेछ । यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




