तरलता प्रवाहका लागि रु २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

-



     सफल आवाज    
     चैत्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले तरलता प्रवाहका लागि २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकले १४ दिनकाे लागि साे रिपो जारी गर्ने बताएकाे हो ।

बिहीबार जारी हुन लागेकाे रिपोका लागि बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बोलकबोल गरिने भएकाे छ । बोलकबोलका लागि बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन पाउनेछन् ।

राष्ट्र बैंकले जारि हुने रिपो आगामी वैशाख ७ गते परिपक्व हुने जनाएको छ । नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्नका लागि ‘रिपो’ जारि गर्दछ । 

नेपाल राष्ट्र बैंकले गर्ने रिपो भन्नाले के बुझिन्छ ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।