नेप्सेमा ८.२८ अंकको गिरावट, कारोबारमा शिवम सिमेन्ट अब्बल

-



     सफल आवाज    
     चैत्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ चैत । नेप्सेमा देखिएको सुधार दोश्रो दिनमा टिक्न सकेन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ ।

अघिल्लो दिन तीनवटा उपसमूहहरुमा मात्र रातो र १० वटामा हरियो लागेकोमा यसदिन तीनवटामा हरियो र बाँकी १० वटामा रातो लागेको छ ।

नेप्सेमा देखिएको सकारात्मक लय दोश्रो दिन पनि टिक्न नसकेकोमा लगानीकर्ताहरुको लामो समयदेखिको बढ्न नसकेको मनोवल झन् घटाएको छ । पुनः उनीहरुलाई पर्ख र हेरको अवश्थामा पुर्याएको छ ।

यसदिन राष्ट्र बैंकले बजारको तरलता प्रवाहको लागि २० अर्ब रिपो जारि गर्न लाग्दा बजारमा खेल्ने सेयरका लगानीकर्ताहरु भने ढुक्क हुन सकेको अवश्था देखिएन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा झरेको छ । नेप्सेमा ०.४४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले घटेर ३५३.०३ विन्दुमा रहेको छ ।

यसदिन १३ वटा उपसमूहरुमध्ये १० वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । बाँकी ३ मा मात्रै हरियो लागेको छ र उनीहरुको सेयर घटेको छ ।

कुल २६९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २८ लाख ७० हजार ८१९ कित्ता सेयरको खरिदबिक्रीबाट ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँ ३३ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ४ करोड ९२ लाख ६७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सामलिङ पावर कम्पनी लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ७.४३ प्रतिशतले घटेको छ ।