दमकमा ९ तलाको भाटभटेनी सुपरमार्केट खुल्दै

-



     सफल आवाज    
     चैत्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ चैत । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले झापाको दमकमा अर्को स्टोर थप्ने भएको छ।
दमक ९ स्थित चिया दोकानमा स्टोर सञ्चालन गर्न लागेको हो।

भाटभटेनीको कोशी प्रदेशमा बिराटनगर, धरान, इटहरीमा स्टोर छ। अब दमकमा खोल्न लागेको हो।

भाटभटेनीले स्टोर खोल्न वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको छ। नयाँ खोल्न लागेको स्टोर दमक चोकबाट करिब २ किलोमिटर पश्चिममा राजमार्गमै छ।

स्टोरका लागि कुल ४७ सय ५० वर्गमिटर जग्गा छुट्याइएको छ। कम्पनीले जग्गा खरीद गरिसकेको छ।

स्टोर भूमिगतसहित ९ तलाको हुने छ। यसको बिल्डअप एरिया १८ हजार ८३ वर्ग फिट हुने छ। वातावरणमा के कस्तो प्रभाव पर्ने हो स्थानीयले १० दिनभित्र लिखित रुपमा सुझाव दिन सक्ने कम्पनीले जनाएको छ।