नेप्सेमा २८.३१ अंकको गिरावट, कारोबारमा नबिल बैंक अब्बल

-



     सफल आवाज    
     चैत्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ । यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् ।

कारोबारमा पनि उल्लेखनिय सुधार भएको देखिएन । नेप्सेमा भएको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोवल उच्च हुन बाट रोकेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.३१ विन्दुमा झरेको छ । नेप्सेमा १.५२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.२४ अंकले घटेर ३४८.७९ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कुल २६८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३८ लाख ४३ हजार ७१३ रुपैयाँ बराबरको कारोबार भएको छ । यसबाट १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँ ७२ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नबिल बैंकको कारोबार भएको छ । बैंकको ५ करोड ७८ लाख ५५ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कालिन्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेन्चर २०८५ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ ।