बाराही हाइड्रोपावरको साधारण सभा आज बस्दै

-



     सफल आवाज    
     चैत्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं २७ चैत । बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा आज डाकिएकाे छ । सभा काठमाडौं बत्तिसपुतलीमा रहेकाे अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा पूर्वान्ह बजेदेखि बाेलाइएकाे छ ।

कम्पनीका अनुसार साधारण सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा वित्तीय अवश्था लगायतका विषयमा छलफल गरिने भएकाे छ । सभामा लाभांश वितरणकाे प्रस्ताव एजेण्डामा छैन ।

सभाबाट आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । कम्पनीले साधारणा सभाकाे प्रयोजनार्थ चैत १३ गते बुक क्लोज गरेकाे थियाे । चैत १२ गतेसम्म सेयर काराेबार गरी कायम भएका सेयरधनीहरु सभामा सहभागि हुन सक्नेछन् ।