भूगोल इनर्जीकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ चैत । भूगोल इनर्जीकाे सेयर आइपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले चैतकाे २३ गतेबाट सर्वसाधारणका लागि १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे ।

साे सेयरमध्ये १ लाख ८ हजार ८११ कित्ता विदेशमा काम गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेकाेथियाे। ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । सर्वसाधारणले बाँकी रहेकाे १३ लाख ४६ हजार ९९३ कित्ताका लागि आवेदन दिन पाउनेछन् । 

आइतबारसम्म ९ लाख ४८ हजार २०५ जनाले १ करोड ७ लाख ३२ हजार ३५० कित्ता माग गरेका सिडिएसले जनाएकाे छ। याे माग ७.९६ गुणा बढी हो । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेकाे छ ।